रुकुम सोती घटनाका दोषीलाई कारबाहीको माग गर्दै सुर्खेत गुर्भाकोटमा विरोध सभा

जेठ २० ,काठमान्डौ – रुकुम पश्चिम चौहराजारी सोती ८ को घटनाका दोषीलाई कारबाहीको माग गर्दै सुर्खेत सुर्भाकोटमा विरोध सभा गरिएको छ।

गत १० गते जाजरकोट भेरी नगरपालिकाका नवराज विक सहित ६ जनालाई रुकुम पश्चिम चौहराजारी सोतीमा विभत्स हत्या गरि भेरिनदिमा फालीएको थियो।

घटनामा गोविन्द शाही अझै वेपत्ता छन्। घटना भएको यतिका दिनसम्म पनि सरकारले दोषीलाई कारबाही नगरी घटनाको सोरुप बदल्न खोजेको भन्दै गुर्भाकोट नगरपालिमा दलित संघले आज विरोध सभा गरेको हो।

दलित संघका अध्यक्ष नर बहादूर सुनारको अध्यक्षतामा भएको विरोध सभा गुर्भाकोट मेहेलकुनाको पिपलचौतारामा कोण सभामा सम्पन्न भएको थियो।

दश गते घटेको घटनालाई लिएर नेपाल कम्युनिस्ट पार्टीका नेता रुकुम पश्चिमका जनार्दन शर्माले ११ गते संसदमा दिएको अभिव्यक्तिलाई लिएर अध्यक्ष सुनारले आपति जनाए।

सम्बन्धित घटना क्षेत्रको सांसदले घटनालाई सत्य तथ्य नबुझी नवराज विक सहितका युवाहरु भाग्न खोज्दा भेरीमा हाम फाले भनेर संसदमा बोल्नु दलितप्रति मात्र नभई सम्पूर्ण मानवजातिमा चोट पुग्ने अभियक्ति रहको सोनीले बताए।

तेस्तै रुकुम पश्चिम घटनाका दोषीलाई कारबाहीको माग गर्दै भेरी गङ्गा नगरपालिकामा पनि विरोध सभा गरिएको छ।

कार्यक्रममा सोती घटना मुर्दाबाद ,मान्छे मार्न पाईदैन ,जातिय हिँसा बन्द गर ,घटनाका अपराधीलाई तत्काल कारबाही गर वेपत्ताको खोजि गर हाम्रो खबरदारी जारि छ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध सभा गरिएको छ।

रुकुम सोतिमा सुस्मा मल्ललाई लिन गएको बेला जातिय छुवाछुत दलितले मल्लको छोरी लिन खोजेको भन्दै कुटपिट गरि हत्या गरिएको छ।

सुस्मा मल्ल नवराजकि प्रेमिका हुन् ,सुस्माले आफ्नो आमबुवाले दलित संग लागेको थाहा पाएपछि अन्तै विवाह गर्दिन खोजेपछि उनले नवराजलाई आफ्ना साथि भाईसहित आएर आफुलाई लिन बताएकि थिइन्।

सोहि जानकारीमा नवराज आफ्ना साथीसहित रुकुम पुगेका थिए ,तर दलितले मल्लकी छोरी लिन खोजेको भन्दै वडा अध्यक्षको अनुरोधमा कुटपिट गरि हत्या गरिएको थियो।

जातिय घटनालाई लिएर रुकुम घटनाका दोषी अपराधीलाई तत्कालै कारबाही गर्न देशभरबाट विरोध भईरहेको छ।