गरिबी र भ्रष्टाचार जस्ता दुश्मनहरुसँग यसरी लड्न सकिन्छ,

गगन खड्का (जीवन)

जेठ २१ ,काठमान्डौ – बिश्वसाम्राज्यबाद संकटग्रस्त बन्दै गइरहेको छ। थप कोरोनाले विश्व ब्यबस्थामा संकट पैदा गरेको । जसका कारण यकातिर विश्व अर्थव्यवस्था चौपट बन्दै गइरहेको छ भने अर्को तिर संसारमा विभिन्न स्वरुपका बिद्रोहका भुल्का देखा परिरहेका छन।

तर ती विश्व साम्राज्यबादलाई चुनौति दिने तहमा बिकास हुन सकेका छैनन् तथापी साम्राज्यबदी शक्तिहरुको मानसिक शक्ति सन्तुलन भने गुम्दै गइरहेछ ।

नया बिश्वब्यबस्थाको बिकल्प सहित नेतृत्व दिन सक्ने क्रान्तिकारी शक्तिको अभावमा फेरि पनि विश्व ब्यबस्था गोलचक्करमै सिमित हुने देखिन्छ।

बिडम्वना आजको जस्तो विश्व परिस्थिति र हिजोको जस्तो अध्यक्ष क.प्रचण्ड को नेतृत्व क्षमता हुन्थ्यो भने बिश्वसाम्राज्यबाद पतनोन्मुख र समाजबादको बिजयोन्मुखको प्रबल संभावना रहन्थ्यो।

तर यतिबेला हाम्रा केही नीति बदलिय र नेतृत्व बदलिदा हामी यातास्थितिमा रुमल्लीयको अनुभूति हुनछ।

नेपालमा बर्तमान सरकारका जे समस्याहरु बिद्यमान छन ती साम्राज्यबादी विश्व ब्यबस्थाको सिको गर्नुको परिणाम हुन।

साच्चिकै समाजबादको ध्यय उदेश्य प्राप्तिमा शाहस र इमानदारी पुर्वक कम्युनिष्ट सरकार उभिन्थ्यो भने नेपालको राजनिति अनि नेतृत्वले सगरमाथा चुमिसकेको हुन्थ्यो।

जनताको अथाह समर्थन सहित हामी गरिव र सानै भय पनि नया उत्साह पैदा गर्न सकिन्थ्यो र साम्राज्यबादलाई शिक्षा र चुनौति दिनसक्ने स्थानमा हुन्थ्यौ।

कस्तो बिडम्वना यहात यथास्थिमै रुमल्लिनुलाइ गन्तव्य ठानियो,कमिशनखोर,अपरहनकारी ,दलाल र भ्रष्टचारीलाइ बचाउनुलाई अहंम सफलता ठानियो अनि यउटा समूह गुट र ब्यक्तिलाई धुरी ठानेर पार्टी र पद्धति को ठाडै उपहास गरियो ।

परिणाम त पार्टी मा किचलो,कार्यकर्ताहरुमा अबिश्वास अनि जनतामा घृणा र आक्रोस पैदा भैरहेको छ।अग्रगमनकारी शक्तिको यस्तो रबैयाका कारण मुलुकमा प्रतिगमनको खतरा कैयौं गुणा बढेर गयको छ।

यतिबेला हुनु के पर्ने हो त ?बताईरहनु नपर्ला कोरोना यतिबेला मुख्य दुश्मण बनेर खडा छ,यद्देपी भ्रष्टाचार र गरिवी त हाम्रा पुराना र ज्यानि दुश्मन हुदैहुन। साथै रास्ट्रघाती सम्झौता एमसीसी संग जुध्नु नै छ।
तथापि
पहिलो कुरा कोरोना जस्तो प्रलयकारी दुश्मनका विरुद्द लड्न केही रणनिति र कार्यनिति तय गर्नु पर्ने हुो।

कोरोनामा पुर्ण विजयी गर्ने रणनिति अन्तरगत केही जनतामा आधारित कार्यनिति तय गर्नु पर्थ्यो। जस्तो कोरोना जस्तो दुश्मन संग लड्न सरकारलेमात्र बहादुरी प्रदर्शन गरेर हुदैन,जनतालाइ जोडेर साथमा लिन सक्नु पर्थ्यो र पर्छ।

अथवा जनतालाइ फौजी संरचनामा ढालेर फौजी अनुशासनमा बाध्न सक्नु पर्छ।मानौ यउटा घर र परिवारलाई यउटा सैन्य टुकडीको रुपमा परिभाषित गरि,गाउँ र टोललाई फौजी किल्लामा बदल्ने सके कोरोना जस्तो दुश्मन हाम्रो बस्तिमा प्रबेशनै गर्न पाउदैन।

सरकारी उपलब्ध साधन श्रोत र जनशक्ति अग्रभागमा र पृष्टभागमा जनतालाई फौजी अनुशासन मा परिचालन गर्न सके जस्तोसुकै चुनौतिहरुको सामना सजिलै गर्न सकिन्छ।

तर हामी कहा केबल भ्रस्टचारी र कमिशनका लागि बनाइएका जस्ता सरकारी समयन्त्र का कारण समहालि नसक्ने अस्तव्यस्तता छ जसले जनधनको क्षति र थप सकस जनतामा थोपरीय झै लाग्छ ।

राष्टिय स्वाधिनताको रक्षाको सवालाम पनि परिवार र गाँउलाई फौजी इकाईमा बदल्दै १८ बर्ष माथिका युवालाई सैन्य तालिम सहित सेनामा बदल्न सके स्वाधिनताको रक्षा मात्र होईन बिकास संभव छ।

गरिबी र भ्रष्टाचार जस्ता दुश्मनहरु संग पनि यसरी नै लड्न सकिन्छ।शासकहरुमा भ्रष्टाचारको नामोचारण गर्न डराउने पुरानो रोग छ।

किनकि नोकरशाहि दलालहरुले सत्ताशिनहरुलाई भ्रष्टाचारको क्रमिक अभ्यास गराउदै बिलाशीताका प्यासामा रुपान्तरण गरिसकेका वा भइसकेका हुन्छन र ब्यक्तिगत स्वार्थमा लिप्त यस्तो नेतृत्वले न त बेथिति रभ्रष्टाचार संग लड्न सक्छ न त देश र जनताको समृद्धि र प्रगति संभव तुल्याउन सक्छ।

यसलाई चिरेर केही गरौ भन्ने दहृो ईच्छाशक्ति सहितको नेतृत्वको खाचो छ यहाँ।जाबो आत्मनिर्भरताको लागि डिग्रीधारी बिद्वान अर्थशास्त्रीनै नचाहिनु पर्ने।

हामीलाई सामन्य र स्पष्ट योजना सहित ६ महिनामा तरकारीमा ,२ बर्षमा मासुमा ,४ /५ बर्षमा फलफुलमा आत्मनिर्भरता अनि १/२ बर्षमा खाद्यान्न मा आत्मनिर्भरता बनाउन यउटा किसानले समेत योजनाको खाका कोर्न सक्छ ,र सकिन्छ।

यसको लागि राजनितिलाई अर्थोपार्जनको साधन बनाउने रोग बाट मुक्त पुर्णतः जनता प्रति उत्तरदायी र समर्पित राजनितीक नेतृत्व बाट मात्र संभव छ।

गगन खड्का (जीवन )
नेकपा नेता जाजरकोट कर्णाली प्रदेश ,