रुकुम पश्चिमका वडा अध्यक्षले २० जनाको समूह लगेर प्रहरी चौकीमा आक्रमण गरे ,

जेठ २१ ,काठमान्डौ – रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा वडा अध्यक्षको नेतृत्वमा १५/२० जनाको समुहले आक्रमण गरेको छ।

नगरपालिकाको वडान १३ का वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेको हो।

वडाध्यक्ष केसीले मदिरा सेवन गरी सोही प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरेक थिए पछि उनले केही युवा ल्याएर चौकी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

lekbesi

पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ ।

यसअघि वडाध्यक्ष केसीले जिल्लाबाट गएको प्रहरीको ड्युटी टोलीका प्रमुखमाथि पनि आक्रमण गरेका थिए ।

वडा अध्यक्ष फरार छन् प्रहरीले उनको खोजि गरिरहेको छ। केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

गत १० गते रुकुम पश्चिम चौहरजारी नगरपालिका सोती ८ का वडा अध्यक्षले २ जना भन्दा बढी युवा परिचलान गरि जाजरकोट भेरी नगरपालिकाका नवराज विक सहित ६ जनाको हत्या हरेको थियो। उनि सहित आक्रमण गर्ने १८ जना अहिले प्रहरी हिरासतमा छन्।