लकडाउन बारे प्रधानमन्त्रिले विज्ञ संग छलफल गर्दै ,

जेठ २१ ,काठमान्डौ – लकडाउनको मोडालिटी बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ हरुलाई बोलाएका छन्।

संक्रमण बढी रहेका प्रदेश जिल्ला र कम कोरोना संक्रमण भएका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे ओलीले परामर्श थालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह हुने छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद,योजनाविद,नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ ।

lekbesi

लकडाउनको नेपालमा आज ७२ दिन पुगिसकेको छ ,व्यापारीहरुले अब लकडाउन सहिनसक्नु भएको बताएको बेला उच्चस्तरीय समन्वय समितिलेपनि प्रधानमन्त्री संग गृहकार्य गरिरहेको छन।

मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले स्वास्थ्य क्षेत्रका विज्ञहरुको संयोजन गरेका छन् भने योजना आयोगका पूर्व उपाध्यक्षहरु सहितका विज्ञलाई पनि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका सल्हाकार सुर्य थापाले बताए।