सुर्खेतको क्वारेन्टिनमा बसेकाहरुमाथि क्याम्पस प्रमुखले तथानाम गालि गरेको भिडियो ,

जेठ १९ ,काठमान्डौ – सुर्खेतको क्वारेन्टिनमा बसेकाहरुमाथि क्याम्पस प्रमुखले दुर्व्यवहार गरेका छन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी र समाजशास्त्र केन्द्रीय क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतले मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बस्नेहरुमाथि अपशब्द बोलेको भिडियो सार्वजानिक भएको छ ।

विश्वविद्यालय भवनमा वीरेन्द्रनगर नगरपालिकाले तीन सय ५० बेडको क्वारेन्टिन निर्माण गरेको छ । गत १३ गते भारतको विभिन स्थानबाट आएका ८६ जना नागरिकलाई नगरपालिकाले क्याम्पसको क्वारेन्टिनमा राखेको छ।

lekbesi

सोहि दिन क्वारेन्टिनमा बसेकाहरुलाई खाना खुवाउने जिम्मा अशोकाले दिईएको छ। होटेलका कर्मचारीसंग आएका क्याम्पस प्रमुख बस्नेत पनि क्वारेन्टिनस्थल पुगेका थिए ।

खान मात्र दिएपछि क्वारेन्टिनमा बसेकाहरुले पानि मागेका थिए ,त्यहि बेला क्याम्पस प्रमुखले तेरो सरकारले दिएको यहि हो जति छ तेही खा भनेर अपशब्द बोलेको भिडियोमा सुनिन्छ।

क्वारेन्टिनमा बसेकाहरुका अनुसार बस्नेत मादकपदार्थ सेवन गरि आएका थिए र तथानाम बोलेका थिए। विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले भने यस घटनाबारे विश्वविद्यालयले लिखित स्पष्टिकरण सोधेको बताएका छन ।

‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भीसीदेखि पिउनसम्मले विश्वविद्यालयको कानून र नियमावली अनुसार आफनो पदीय मर्यादा कायम नगरे कानूनको दायरामा आउँछन्’ उनले भने ।

घानाको बारेमा बस्नेतले लिखित जवाफ पनि दिएका छन् ,सबन्धित पक्षले पनि कमीकमजोरी गरेकाले एक पटक सुध्रिने मौका दिन लिखित जवाफ आएको उपकुलपति सिंहले बताए। उँहाको व्यवहारमा अब परिवर्तन आउछ कि आउदैन हामि हेर्छु उनले भने।