रुकुम पश्चिम घटनामा नेकपाले मुख खोल्यो दोषीलाई कडा कारबाही पिडितलाई क्षतिपुर्ति ,

जेठ २१ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाले रुकुम पश्चिम सोती ८ मा अन्तरजातीय विवाहको घटनालाई लिएर जाजरकोटका ६ जनाको हत्यामा ११ दिनपछि आफ्नो धारणा सार्वजनिक गरेको छ।

यो घटनालाई लिएर नेकपा पार्टी भित्र र संसदमा पनि चर्को अवाज उठिरहेको छ ,विभिन्न संघ संथाले विरोध प्रदर्शन गरेका छन् तर नेकापाले हाल सम्म औपचारिक रुपमा मुख भने खोलेको थिएन।

नेकपाक महासचिव विष्णु पौडेलले आज विज्ञप्ति सार्वजनिक गर्दै रुकुम घटनाका दोषीलाई निस्पक्ष छानबिन गरि कडा कारबाहीको माग गरेको छ।

lekbesi

रुकुम पश्चिममा नेकपाबाटै निर्वाचित वडाध्यक्षसहित केही १८ जना व्यक्ति विरुद्ध किटानी जाहेरी परेको छ । छुवाछुत मानव सभ्यताको एक कलंक हो ।

रुकुम पश्चिम घटनाले हामीलाई चिन्तित तुल्याएको छ,उक्त घटनाको विभत्स अपराधिक कुकृत्यको घोर निन्दा गर्दछ ,घटनाको निस्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाही गर्न र पिडितलाई क्षतिपुर्ति दिलाउन सरकारको ध्यानआकर्षण भएको छ।

नेता कार्यकर्ताले छुवाछुत जस्तो अपराधमा संलग्न हुनेलाई पार्टीमा नराख्ने नेकपाको आचार संहिस्तामा स्पस्ट उल्लेख गरेको पनि विज्ञप्तिमा उल्लेख छ।