कोरोना संक्रमणबाट दोलखामा एक जनाको मृतु ,

जेठ २१ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमणबाट दोलखामा एक ७६ वर्षीय पुरुषको मृतु भएको छ।

उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

गत जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनलाई अस्पतालको आईसीयूमा राखेर उपचार भईरहेको थियो ।

lekbesi

बुधबार उनको निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए। यो संगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ९ पुगेको हो।