६४ जिल्लामा गरि आज सम्म कोरोना संक्रमितको संख्या २३०० पुग्यो ,

जेठ २१ ,काठमान्डौ – नेपालमा आज एकै दिन २०१ जनामा कोरोना संक्रमण फेला परेको छ। यो संगै नेपालमा संक्रमितको संख्या २३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

तेस्तै थपिएका नँया संक्रमितहरु विराटनगरमा भएको परीक्षणमा धनकुटाका १ जना, धरानमा भएको परीक्षणमा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथर १ जना र सुनसरीका ७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बता ।

यसैगरी नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सल्यानका २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

lekbesi

कोसी अस्पतालमा गरिएको परीक्षण्मा मोरङका २, झापा १ जना, तेह्रथुमका १ सुनसरी १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए ।

यसैगरी रुपन्देहीमा भएको परीक्षणमा ९५ जनाको पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ६७, पाल्पाका २ जना र रुपन्देहीका २६ जना रहेका छन् ।

जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ५, प्युठानका २ र सल्यानका १ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २ जना, काठमाडौंका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आज सम्म नेपालमा २७८ जनाले कोरोनालाई जितेर घर फर्केका छन् भने ९ जनाको कोरोना संक्रमणबाट मृतु भएको छ।

तेस्तै नेपालका ६४ जिल्लामा कोरोना फैलीएको स्वास्थ्य मन्त्रालयले बताएको छ। सरकारले हाल सम्म नेपालमा पिसिआर परिक्षन ८० हजार २६७ गरेको छ। आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् ।