Simta
Simta
lekbesi

रुकुम घटनामा दलित सांसद,र दलित आयोगले छानबिन गर्न पाउनुपर्छ मिन विश्वकर्मा ,

Gurvakot

जेठ २२ ,काठमान्डौ – रुकुम पश्चिम सोती ८ घटनामा जातिय हिँसा भड्काउने गरि जाजरकोटका नवराज विक सहित ६ जनाको विभत्स हत्या गरिएकोमा सरकारले अझै दोषीलाई कारबाही गरेको छैन।

घटनाको १३ दिन सम्म सरकारले जनताको आन्दोलन पिडितको मर्म बुझेन ,गृह मन्त्रालयले छानबिन समिति गठन गरे पनि त्यसबाट विश्वस्त हुन नसकिने धेरै सांसदहरु बताइरहेका छन् ।

घटनामा निस्पक्ष छानबिन गर्न सर्वदलीय संसदीय उच्चस्तरीय छानबिन समिति र सरकारले न्यायिक समिति गठन गर्नुपर्ने दलित सांसदहरुको माग गरेका छन्। प्रतिनिधिसभामा २७५ सांसदमध्ये १९ जना दलित सांसद छन् ।

lekbesi

प्रतिपक्ष नेपालि कांग्रेसका सांसद मिन विश्वकर्माले घटनालाई प्रभावित पार्न घुसपैठ भइरहेको छ नेकपा सांसद विमला विश्वकर्माले आफुहरुले संसदबाट आवाज उठाउदापनि सरकार सुस्तगतिमा गएकोले घटनालाई कतै ढाक छोप गर्ने तिर लाग्न सक्ने भन्दै थप दबाब दिन पर्ने बेला आएको बताए।

‘मानव अस्तित्वलाई स्विकार्न नसक्नेगरी भएको नरसंहारको जनप्रतिनिधिले निष्पक्ष छानबिन गर्न पाउनुपर्छ विमला विश्वकर्माले बताईन ।

हामीले थप आवाज बुलन्द बनाउन पर्ने भएको छ ,सांसद आशाकुमारी विकले भनिन। ठूलो संख्यामा रहेको गैरदलित मान्यज्युहरुले पनि रुकुम पश्चिम घटनामा चर्को आवाज उठाईरहेका छन्।

दलित अधिकारकर्मी भने गैरदलित/दलितहरुले न्याय र वकालतको पक्षमा उल्लेख्य बहस गर्नुपर्ने बताउँछन् ।घटनालाई तोडमोड गरी प्रभावित पार्नेहरु देखिएकाले स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्ने संयन्त्र बनाउनुपर्ने अधिकारकर्मीको माग छ।

नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले रुकुमकै विषयमा बोल्ने भनेर विशेष समय नछुट्याइएकाले दलित र गैरदलितको सवाल नरहेको बताए ।

प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ,गगन थापाले रुकुम पश्चिम घटनामा निस्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाही गर्नुपर्ने र छानबिन गर्दा प्रतिपक्षले पनि छानबिन गर्नपाउने नत्र संसद अवरुद्द गर्ने समेत बताएका छन्।

गत १० गते पश्चिम रुकुम सोती ८ कि सुस्मा मल्ललाई उनका प्रेमी जाजरकोट भेरीनगरपालिका १० का नवराज विक लिन गएको बेला दलितले उच्चथरकी छोरी लिन खोजेको भन्दै पश्चिम रुकुममा वडाअध्यक्षको अनुरोधमा नवराज बिक सहित ६ जनालाई कुटपिट गरि हत्या गरिएको थियो।

प्रहरीले घटनामा १८ जनालाई नियन्त्रणमा लिएपनि अझै दोषी कुन कुन हुन् भनि कारबाही गरेको छैन।

 

Simta