सुर्खेतको क्वारेन्टिनबाट घर पुगेका युवकको मृत्यु ,

जेठ २२ ,काठमान्डौ – सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ ।

पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । गत ७ गते भारतबाट आएक उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखीएको थियो।

पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए । जनता मावि विद्यापुरको क्वारेन्टाइनमा ५४ जना थिए ।

lekbesi

उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको थियो । मृतक युवक र उनीसंगै कोठामा बस्ने ५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।

बुधबार अपराह्न करिब ३ बजेतिर उनलाई घर पठाइयो ।अपराह्न तीन बजे क्वारेन्टिनबाट हिँडे पनि युवक राति ११/१२ बजेतिर घर पुगेको खुलेको छ।

बिहान करिब २ बजे तिर उनको मृतु भएको मेयर थापाले बताए ,उनी घरमा ढिलो किन पुगे त्यो कुरा पनि बुझ्दै गरेको उनले जानकारी दिए ।

मृतक युवकको पुन :स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली उनको घरतर्फ पठाइएको मेयर थापाले बताए ।