रुकुम पश्चिममा पुग्यो (सीआईबी) अब छिट्टै दोषी सार्वजनिक हुने ,

जेठ २२ ,काठमान्डौ – कर्णाली प्रदेश पश्चिम रुकुम चौरजहारी सोती ८ मा ६ जनाको ज्यान जाने गरि हत्या भएको घटनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालको छ।

जाजरकोट भेरीनगरपालिकाका नवराज विक सहित ६ जना युवाको गत १० गते पश्चिम रुकुममा अन्तर्जातीय प्रेमको विषयलाई लिएर हत्या गरि भेरीनदिमा फालीएको थियो।

घटना भएको क्षेत्रमा पुगेर सीआईबीको प्राविधिक टोलीले सुक्षम अनुसन्धान गरिरहेको छ।संघीय प्रहरी इकाई कार्यालय कर्णाली प्रदेश प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल नेतृत्वमा रुकुम घटनाको अनुसन्धान भइरहेको छ।

lekbesi

कर्णाली प्रहरी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त पन्त घटनास्थलमै पुगेर सत्यतथ्य अनुसन्धानका लागि जाजरकोट र रुकुम प्रहरीलाई निर्देशन दिएर फर्किएका छन्।

घटनाको विषयमा कसैको दबाबमा नपरेर सत्य तथ्य छानबिन गर्न प्रहरीको केन्द्रीय नेतृत्वले समेत निर्देशन दिइसकेको छ।

घटनामा संलग्न भनिएका आरोपित सबैको पोलिग्राफ टेष्टसमेत गरिने भएको छ तेस्को लागि पनि एक टोली रुकुममा प्रस्थान गरेको छ।

बिहीबारदेखि आरोपितको पोलिग्राफ टेष्ट गरिने भएको हो। पोलिग्राफले बयानको क्रममा झुटो बोलेको पाइए संकेत दिने र सोही आधारमा अनुसन्धान अघि बढाउन सहयोग मिल्ने प्रहरीको भनाइ छ।

भेरी नगरपालिका ४ का नवराज विक र चौरजहारी ८ सोतीकी मल्ल थरकी किशोरीबीच तीन वर्षदेखि प्रेमसम्बन्ध भएको र परिवारले स्वीकार नगर्दा घटना भएको हो।

दलित संग लागेको भन्दै सुस्माको आमा बुवाले अन्तै बिहे गर्दिने भनेपछि सुस्माले नवराजलाई छिटै लिन आउन बोलाएकि थिइन्।

सोहिदिनमा नवराज १८ जनाको समूह लगेर रुकुम पुगेका थिए। तर दलितले उच्च जातको केटि ताकेको भन्दै वडाअध्यक्ष सहित केटिका आम बुवाले गाँउलाई बोलाएर ६ जनाको हत्या गरेका थिए।

प्रेमीप्रेमीकाका फोन सम्वाद, फेसबुक कुराकानी, घटनाको दिन किशोरीका आमाबुबा र दाइले गरेको संवाद, वडाध्यक्ष डम्बरबहादुर मल्लसँग किशोरीका परिवारले गरेको फोन संवादबारे टोलीले अनुसन्धान गर्ने प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए।

गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले सरोकारवालासँग भेटघाट र अनुसन्धान गरिरहेको जनाएको छ। तेस्तै रास्ट्रीय मानव अधिकार आयोगको तोलिपानी रुकुममै बसेर अनुसन्धान गरिरहेको छ।

घटनाक दोषीलाई तत्काल सार्वजनिक गर्नुपर्ने र कडा कारबाही गर्नुपर्ने संसदमा कडा आवाज उठेको छ भने देशभर घटनाको विरोध भईरहेको छ।