क्‍वारेन्टाइनमा दलितले पकाएको खान भन्दै माथिल्लो जात भनाउदाले खाएनन , ,

जेठ २२ ,काठमान्डौ – अर्घाखाँचीमा दलित युवकले पकाएको खाना भन्दै माथिल्लो जात भनाउदा जातका केही व्यक्तिले बहिष्कार गरेका छन् ।

मालारानी गाउँपालिका,४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो ।

वडा कार्यालयबाट स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएका छन् ।

lekbesi

दिल्लीबाट आएका शीत गाउँका दिनेश घिमिरे लगायतले मंगलबार उनले पकाएको खाना बहिष्कार गरे ।

त्यसपछि उनीहरुलाई स्थानीय पुरुषोत्तम भुसालले घरबाटै खाना ल्याइदिएका थिए ।

‘मैले भरेको पानी खानुभयो तर भात खानुभएन,’ विकले भने, ‘दलितले पकाएको खाएपछि आफूले नराम्रो सपना देख्ने, काँप्ने र बिरामी हुने जवाफ दिए उनले भने ।

दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।

म मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु भनेपछि घिमिरेलाई अन्यत्र सारीएको पोखरेलले बताए। क्वारेन्टाइनमा राख्दा जातीय

दलित वडा सदस्य लक्ष्मी विकले पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर दलितमाथि जातीय विभेद गरेको बताइन् । जसले गर्दा एउटै गाउँका छिमेकीबीच जातीय द्वन्द्व ज्याउने काम भयो उनले भनिन।