बैठक भत्ता पनि लिन्न नागरिकको लागि कोषमा जम्मा गर्दिनुस :नारायणकाजी श्रेष्ठ,

जेठ २२ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय सदस्य एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने भएका छन्।

विश्वव्यापी कोरना भाईरस महामारीको असर नेपालमा पनि प्रत्क्ष असर परेपछि श्रेष्ठले राष्ट्रिय सभाको बैठक र सम्बन्धित समितिको बैठक भत्ता राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

नेता श्रेष्ठले यसअघि एक वर्षको पारिश्रमिक कोरोना संक्रमण कोष र आर्थिक राहतकोषका लागि प्रदान गर्ने घोषणा गरेका थिए।

lekbesi

उनले संकटको समयमा सबै मिलेर आर्थिक पुनत्थानका निम्ति एकतावद्ध हुनसमेत आह्वान गरेका छन्।