सुर्खेतमा एक जनाको कोरोनाबाट मृतु भएको पुस्टि ,

जेठ २३ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतमा एक जनाको कोरोनाबाट मृतु भएको पुस्टि भएको छ।

पश्चिम सुर्खेतका एक युवक आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका थिए। उनको घर पुगेपछि मृतु भएको थियो।

पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

lekbesi

ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे ।

जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोन परिक्षन गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

मृतक युवकसंग बसेका पाँचजनाको रिपोर्ट नेगेटिभ आएपछि २१ गते उनलाई घर पठाईएको थियो उनि घर पुगेपछि बिहान २ बजे उनको मृतु भएको थियो।

मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले बताए ।

मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उनले बताए ।

यो संगै कर्णालीमा अकोरोन बाट मृतु हुनेको संख्या २ पुगेको छ भने नेपाल भरि ११ जनाको मृतु भएको छ। हाल सम्म नेपालमा २६ सय ३४ जनामा कोरोना पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।