भोकमारिकाे डरले लकडाउनमा पनि किसान धान रोपाईमा व्यस्त ,

जेठ २३, नवलपारासी पश्चिम – नवलपरासी पश्चिमका किसानहरु यतिबेला धान रोपाईमा व्यस्त देखिएका छन् ।

चलिरहेको धान खेतीको सिजनमा किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनले रोजगार गुमेसंगै भोकभरि पनि हुनेहो कि भन्ने चिन्ताले किसानहरु यसबर्ष झनै धानखेती तर्फ केन्द्रित भएका छन् ।

lekbesi

विश्वभरि कोरोना भाईरसको माहामारीले देशमा जारी लकडाउन कहिलेसम्म खुल्ने भने यकिन नहुँदा किसानहरु आत्मनिर्भरता तर्फ ध्यान दिएका छन् ।

लकडाउनले ज्याला मजदुरी गरि खाने कामदारा सहितका अधिकांश कामदारहरु बेराजगार भएकाले खेतीपातीलाई प्राथमिकतामा राखी धान रोपाई तिर भिडेका छन् ।

जिल्लाको पाल्हीनन्दन, सरावल, सुस्ता, प्रतापपुर गाउँपालिका र रामग्राम नगरपालिका किसानहरु जिल्लामा छिटो रोपाई गर्ने गर्दछन् ।

 

धान रोपाई गर्ने बेला भैसक्यो खेतमा धानको विउ तयार छ तर प्रशस्तमात्रा कामदार, पानी र मलखाद नपाइएकाले धान रोपाईमा समस्या भैरहेको स्थानिय किसान मेराज अलिले जानकारी दिए ।

उनका अनुसार आवश्यकमात्रा बर्षा पनि नभैरहेको, नहरमा अहिलेसम्म पानी पनि नआएकाले किसानहरुले रोपाईका लागि खेत तयार गर्न बाध्य भई प्रति घण्टा ३ सय रुपैया तिरेर बोरिङ्गबाट पानी खरिद गरि खेत रोपाई गरिरहेको बताए ।

एका तिर सिमा बन्द भएका कारण सिमावर्ति किसानहरुले समयमा धानको बिउ खरिद गर्न पाएनन् अर्काे तर्फ खेतीको बेला भईसक्दा पनि अझै किसानहर समयमा मलखान र किटनाशक औषधीहरु नपाउँदा खेती गर्न समस्या भैरहेको कृषक हकहित संरक्षण मन्चका अध्यक्ष सम्भु उपाध्यायले गुनासो पोखे ।

कोरोना माहामारीले रोपाईका लागि भारतबाट कामदार पनि ल्याउन सकिएन र अहिले धान रोपाईका लागि प्रशस्त मात्रामा कामदार पनि नपाईरहेको अवस्थामा किसानहरुलाई खेती गर्न झनै कठिनाई भैरहेको उपाध्यायले जानकारी दिए ।

जिल्लामा समयमै धानको बिउ, मलखाद उपलब्ध नहुँदा अधिकांश किसानहरु धानको विउ,मलखाद, औषधी र कामदारसमेत भारतको सिमावर्ति क्षेत्रबाट भित्राउने गर्दथ्ये तर लकडाउनले सिमा बन्दका कारण उनीहरुलाई समस्या भएको बताए ।

जिल्ला धान खेतीको पकेट क्षेत्र हो । जिल्ला तराई क्षेत्र भएकाले यहाँ समथर जमिन र खेतमा उर्वरा शक्ति बढि छ । जिल्लामा करिब ३० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ ।

यहाँ धानका लागि अनुकुल मौसम रहने हुँदा उत्पादन पनि निकै हुने गर्दछ । अहिले नवलपरासी पश्चिमका प्रदेश सांसद अजय बहादुर शाहि समेत धान रोपाइँमा व्यस्त छन् ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम.