एमाले माओवादी को संयुक्त कार्यक्रममा विवाद , लेलिन दिवसको दिनमा केपी र् प्रचण्डको बोर्ड भरिने गरि फोटो ,,
९ वैशाख, काठमाडौं – आज लेनिन जयन्तीको अवसर हुन गैरहेको छ ,एमाले र माओवादीले आइतबार संयुक्त सभा गर्दैछन् । पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । तर कार्यक्रम सुरु नहुदै लफडा भयको छ , कारण लेलिन जयन्तिको दिन लगाईयको बोर्डमा लेलिनकै फोटो थियन ।,लेलिनको नाम र् जयन्तिमनाउने नाममा फोटो छुटाउनुले लेलिनको कार्य र् योगदानको अपहेलना जस्तो पनि भयो ।, ब्यानरमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । साथै केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।
लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरे ।कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ ।र् माफी मागेको छ साथै पुन : ब्यानर बनाउने बाचा गर्दै कार्यमा जुटेको छ । माओवादी कार्यकर्ताले माओको तस्वीर नराखेकोमा पनि विरोध जनाएका थिए । माओवादीले आफ्नो कार्यक्रममा कार्ल मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको छ ।
कार्यक्रम ढिला भएको भन्दै सहभागीले होहल्ला गरिरहेका छन् , सभागृहमा सहभागी नअटेर बाहिर सडकसम्म छरिएका छन् । बाहिर प्रोजेक्टरबाट हेर्ने ब्यबस्था मिलाइएको छ ।