कर्णाली दैलेखको नारायण नगरपालिकामा निषेधाज्ञा जारि ,

जेठ २३ ,सुर्खेत – कर्णाली प्रदेश दैलेखको नारायण नगरपालिकामा निषेधाज्ञा जारि गरिएको छ।

नगरपालिकामा कोरोना संक्रमित धेरै देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागु हुनेगरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारि समयमा बाहिर निक्लनेलाई कारबाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

lekbesi

समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

नारायण नगरपालिकामा बिहीबार मात्र एक सय ८ जनामा संक्रमण देखिएको थियो । भारतबाट फर्किनेको संख्या बढेपछि दैलेखमा कोरोना संक्रमण बढ्ने गरेका छन्।