Simta
Simta
lekbesi

चलचित्र कोहलपुर एक्स्प्रेसको लागि प्रचार प्रसार गर्न नायिका पुगिन छायांकन स्थल ,,

Gurvakot

वैशाख १० , नायिका केकी अधिकारी आफूले चलचित्र छायांकन गरेको स्थल कोहलपुर पुगेकी पुगेकी छिन् । केकीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को छायांकन कोहलपुर अनि नेपालगंजमा गरिएको थियो । नेपाल अटोमोबाइलि एसोसिएसनको सडक दुर्घटना न्यूनिकरण सम्बन्धी अभियानको सुरुवात गर्न केकी कोहलपुर पुगेकी हुन् ।

केकीले ‘सार्वजनिक यातायातको संरक्षण गरौ, सुरक्षित यात्राको लागि ट्राफिक नियम पालना गरौ’ भन्ने मुल नारासहितको ब्यानर समाउँदै सदरमुकाम नेपालगञ्ज र कोहलपुरमा जनचेतना फैलाउने काम समेत गरिन् । बाँकेका फ्यानहरुसँग सेल्फीमा रमाएकी केकीले चलचित्र प्रचार प्रसार पनि गरेकी छन् ।

lekbesi

विशाल भण्डारीको निर्देशनमा तयार भएको यो चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्दि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको गीत, सीओ डब्लु काउ, बोलको गीतले बजारमा खुबै चर्चा पायको छ। , दर्शकले वैशाख १४ गते बाट हलमा कोहलपुर एक्सप्रेस हेर्न पाउने छन् ।

Simta