गोरखामा एकै दिन १० जनामा कोरोना पुस्टि ,
जेठ २५ ,काठमान्डौ – गोरखामा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् ।गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा शनिबार १० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पसर्न नारायणबाबु अर्यालले जानकारी दिए ।
संक्रमितहरु गण्डकी गाउँपालिका ९ जना र पालुङटार नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालयमा एक जना रहेको अर्याले बताए।
आधाररभूत विद्यालय,खसटारको क्वारेन्टाइनमा बसेका ४ जना, रत्नेश्वर मावि दरबोङ, क्वारेन्टाइनका ४ जना र ज्ञानमार्ग मावि घ्याल्चोकमा रहेका १ जनालाई कोरोना फेला परेको हो।
उनीहरुलाई सदरमुकामको आईलोसेन्मा ल्याउने तयारी भईरहेको छ। संक्रमितहरु भारतबाट र काभ्रेबाट आएर क्वारेईनटाईनमा बसेका हुन्।