इँटाभट्टामा जलाइएको प्रकरणका एक आरोपी पक्राउ ,

जेठ २५ ,काठमान्डौ – २०६४ सालमा रौतहटको राजपुर फरहदवामा जिउँदै मानिस इँटाभट्टामा जलाइएको प्रकरणका एक आरोपी पक्राउ परेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका ४ का ५५ बर्षीय मुक्ति साहलाई परहरीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका ८ बाट शनिबार पक्राउ गरेको छ ।

त्यतिबेला शाह इँटा उद्योगमा मिस्त्रीको काम गर्ने गर्दथे। प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले उनलाई पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

lekbesi

इँटाभट्टामा मजदुरलाई जिम्दै जलाउने मुख्य नाईके कांग्रेस सांसद मोहम्मद अफताव आलम भने अहिले नक्खु जेलमा छन्।

उक्त घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो ।

शाहले आलामको निर्देशनमा आफुले बम धमाकामा मृतु भएका २/३ पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएका डीआईजी सिंहले बताए ।

२०६४ साल चैत २८ गतेको संविधान चुनावलाई लक्षित गरि आलमले रौतहटको राजपुर फरहदवा गाविस–४ (हाल राजपुर नगरपालिका ४) स्थित शेख इद्रिसको गोठघरमा बम कारखाना खोलेका थिए।

कारखानामा काम गर्ने हरुले चुरोट खाँदा चुरोट ,बम बनाउने विस्फोटक पदार्थमा खसेपछि विस्फोट भएको थियो। विस्फोटमा केहि मान्छे मरेका थिए भने थुप्रै घाईते भएका थिए।

घटना बाहिरिने दरले आलमले घाईतेसबैलाई लगेर जिम्दै इट्टाभट्टीको चिम्नीमा हालेको थियो। उक्त घटनामा थप अनुसंध्न्को लागि पक्राउ परेका मुक्ति शाहलाई प्रहरीले अनुसन्धान गरिरहेको छ।