नवलपरासी पश्चिमको सिमामा सशस्त्र प्रहरी र स्थानीय बिच झडप, चार राउन्ड हवाई फायर ,

जेठ २५ ,नवलपरासी पश्चिम -नलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका वडान ५ सँग जोडिएको बसहिया भारत र नेपालको सिमामा स्थानिय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

झडपमा ६ सशस्त्र प्रहरी र चार स्थानिय घाइते भएका छन् । स्थानिय एक महिलाले भारततर्फबाट खेतलाई हाल्ने मल लिएर आउँदै गर्दा प्रहरीसँग भनाभन गरेपछि अन्य सयबढी स्थानियहरु भेला भएर अस्थायी प्रहरी पोष्ट नै भत्काएका थिए ।

प्रतिरक्षाका लागी प्रहरीले चार राउण्ड हवाई फायर गरेको शसस्त्र प्रहरीका एसपी भरत खनियाले जानकारी दिए । घाइते शसस्त्र मध्ये तीनजनाको आँखामा गम्भिर चोट लागेको बताइएको छ । अन्यको निधारमा चोट लागेको छ ।

lekbesi

स्थानियले गुलेलीमा सिसा राखेर हानेकाले सशस्त्र प्रहरीको टाउको र आँखामा गम्भिर चोट लागेको हो । अहिले घाइतेहरुको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

रबिन्द्र यादव ,नवलपरासी पश्चिम ,