सल्यानमा थप २८ जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ २५ ,काठमान्डौ – सल्यान जिल्लामामा आज थप २८ जनामा कोरोन संक्रमणको पुस्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये सल्यानका २८ जना रहेका छन्।

ति मध्ये सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ का ७ पुरुष, १ महिला, वडा नम्बर ३ का २ पुरुष, ४ का ३ पुरुष, ५ र ६ का २/२ जना पुरुष, वडा ७ का ५ जना पुरुष, वडा नखुलेका १ पुरुष छन्।

lekbesi

यस्तै स्थानीय तह नखुलेका सल्यानको बेलखोला गाउँका ३ जना पुरुष रहेका छन् भने कुमाख गाउँपालिका–३ का २ जना पुरुषमा कोरोना पुस्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।