लभ स्टोरीले भरिपुर्ण चलचित्र ,बाँध मायाले ,
वैशाख १० , चलचित्र ,बाँध मायाले ,को छायांकन कार्य सुरु भयको छ। ,चलचित्र लाई असोज ५ गते बाट हलमा प्रदर्शन गर्ने गरि छायांकनको काम अगाडी बढाईयको छ ।,निर्देशक सविर श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘बाँध माया लाई डीसीएनले वितरण गर्ने भएको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
लभ स्टोरी कथामा तयार भएको चलचित्रमा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । काइट्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राजाराम पौडेल, विशाल चाम्लिङ, रविन होडको पनि अभिनय छ । चलचित्र लाई रामहरी धिताल र विभेषिका श्रेष्ठको लगानी छ ,अहिले चलचित्रको डबिङ कार्य भईरहेको छ निर्देशक श्रेष्ठले भने-चलचित्रले दर्शकलाई बाँधेर राख्ने विश्वास गरेका छौ । ‘हामी केही दिनमै सरप्राइज प्याकेज सार्वजनिक गर्छौ ।