यो वर्षको एसईई परीक्षामा आन्तरिक मूल्यांकनबाटै नतिजा,

जेठ २८ ,काठमान्डौ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो ।

lekbesi

विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र त्यसकै आधारमा ग्रेड निर्धारण गरी नजिजा सार्वजनिक हुने मन्त्रिपरिषदको विशेष श्रोतले जनाएको छ ।

गत चैत ६ गते तोकीएको कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गते सांझा स्थगित भएको थियो ।

एसइईपरीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।