कोरोना संक्रमणको महामारीबीच अमेरिकामा चुनावी सभाको घोषणा ,
जेठ २९ ,काठमान्डौ – कोरोना संक्रमणको महामारीबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा चार राज्यमा आफूले चुनावी सभाको आयोजना गर्ने घोषणा गरेका छन् ।
ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो सभा ओक्लाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीनामा सुरु गर्ने बताएका छन् ।
यो र्याली अर्को शुक्रबारबाट सुरु हुने र सबैभन्दा पहिले ओक्लाहोमामा टस्लाबाट घोषणा गरिने ट्रम्पले बताएका हुन्।
ट्रम्पको प्रतिस्पर्धा डेमोक्रेटट नेता जो बिडेनसँग छ । अमेरिकामा यसै वर्ष नोभेम्बरमा राष्ट्रपति पदका लागि चुनावको आयोजना हुँदैन ।
विश्वमा फैलीएको कोरोना संक्रमणको महामारी कोभिड १९ बाट मर्नेको संख्या सबैभन्दा बढी छ।
हाल सम्म अमेरिकामा कोरोनाबाट १ लाख १५ हजार बढीको मृति भईसकेको छ भने २० लाख बढी संक्रमित छन् ।बीबीसी बाट ,,