कुवेतबाट काठमाडौं आइपुगे १५० नेपाली,

जेठ २९ ,काठमान्डौ – कुवेतमा अलपत्र परेकामध्ये १५० नेपाली बिहीबार काठमाडौं आइपुगेका छन् ।

आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरुलाइ कुवेतले नै विमान चार्टर गरेर काठमाडौं ल्याइदिएको हो ।

कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।

lekbesi

अन्यलाई क्रमशः नेपाल फर्काइने बताइएको छ । उनीहरु सबैलाई त्रिभुवन विमानस्थलबाट साझा बसमा राखेर नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ ।

होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ ।उनीहरु सबै जनाको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिएको थियो।