भैंसी करणी गरेको देखेपछि रिस फेर्न रुपन्देहीमा ५ जनाको हत्या ,

जेठ २९ ,वुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा पाँच व्यक्तिको हत्या गर्ने सुर्खेतका झसेन्द्रबहादुर सिंजालीले प्रहरी समू आफ्नो बयानमा भैंसी करणी गरेको देखेपछि रिस फेर्न हत्या गरेको बयान दिएका छन्।

उनले हत्यागर्नु भन्दा पहिले सबैलाई मदिरामा गाँजा मिसाएर खुवाएको र हत्या गरिएको बयान दिएका हुन्।

गंगादेवी गाई फर्ममा त्यही काम गर्ने तीन जना र गाउँका दुई युवाको सोमबार राति हत्या भएको थियो। मृतकमध्ये दुई श्रीमान/श्रीमती हुन्।

lekbesi

गाईफर्ममा दुई वर्षदेखि काम गर्दै आएका रुपन्देही सैनामैना नगरपालिका-५ दरखासीका ४० वर्षीया माधव मुसहर र उनकी श्रमीती ३७ वर्षीया जानकी मुसहरको मृत्यु भएको छ।

फर्ममै काम गर्ने १६ वर्षीया रमेश भनिने पोखराज मुसहर, तिलोत्तमाकै दुई युवा १५ वर्षीया करण थारु र १६ वर्षीया आशिष चौधरीको हत्या भएको हो।

हत्याको आरोपमा पक्राउ परेका सुर्खेत लेकबेसी नगरपालिका घर भएका ३१ वर्षीया झसेन्द्रबहादुर सिंजालीले आफुलेपनि नशालु पदार्थ सेवन गरेका थिए।

उनले घटनाको बिहान पटकनै घटना स्वीकार गरेका थिए। मुसहर दम्पत्तीसहित अन्यले पैसा ठग्ने गरेको भन्दै साहुसँग गलत कुरा लगाएको बयान सिंजालीले दिएका छन्।

वैदवारले दुई महिनादेखि श्रीमती हराएको तनावसहितका तीन कारणले हत्या गरेको बताए। ‘आफै तनावमा रहेको र रिसइबी साध्न हत्या गरेको देखिएको छ’ अनुसन्धानमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमारले भने।

मदिरा खाएर लट्ठ भएर सुतेका उनीहरुलाई सिंजालीले पहिले लाठ्ठी प्रहार गरेको र अन्त्यमा फरुवाको बिँडले हानेर हत्या गरेको प्रहरीले जनाएको ।