आन्दोलन गर्नेलाई कारबाही गर्ने गृहको चेतवानी ,

जेठ २९ ,काठमान्डौ – लकडाउनको समयमा आन्दोलन गर्नेलाई कारबाही गर्ने गृहले चेतवानी दिएको छ।

वालुवाटारमा आजमात्र पनि ३ अह्जार्को हाराहारीमा जम्मा भएर प्रदर्शन गरेका छन् तेस्तै गत बिहिबारपनि वालुवाटारमा प्रदर्शन गरिएको थियो।

पछिल्लो चरणमा सरकारविरुद्द विभिन्न जिल्लामा ठुलो संख्यामा जम्मा भएर नाराबाजी गरेको बढेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ।

lekbesi

गृह मन्त्रालयले बिहिबार विज्ञप्ति जारि गर्दै सामाजिक सञ्जालबाट प्रदर्शनको आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको पाइएको बताएको छ ।

अहिले यो प्रदर्शन बन्दाबन्दीको आदेशविपरीत भएको भन्दै गृह मन्त्रालयले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न आदेश दिएको छ ।

अहिले सरकारले कोरोना भाईरस संक्रमणबाट बच्न लकडाउन गरेको छ ,सरकारले गरेको लकडाउनलाई वेवास्ता गर्दै विभिन्न बहानामा भिड भाड गर्ने गराउनेको संख्या बढेको भन्दै आदेशको अवहेलना गर्ने जो कोहीलाई प्रमुख जिल्ला अधिकारीले उक्त ऐनमा दिएको अधिकार प्रयोग गरि कारबाही गर्न सक्ने गृहले जानकारी गरेको छ।

हाल सम प्रदर्शनमा पक्राउ परेका हरुलाई सरकारले चेतवानी दिने र छोड्ने गरेपनि अब भने नछोड्ने बताएको हो।