कुवेतबाट आएका कर्णाली प्रदेशका नागरिकलाई आज सम्बन्धित प्रदेशमा पठाइयो ,

जेठ २९ ,काठमान्डौ – आज कुवेतबाट नेपाल आएका कर्णाली प्रदेश र सुदुरपश्चिमका १७ जनालाई काठमान्डौबाट सम्बन्धित प्रदेशतर्फ पठाईएको छ।

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र खानेपानी मन्त्री विना मगरको समन्वयमा नेपाली सेना तथा अन्य सुरक्षा निकायको सहयोगमा बिहिवार राती उनीहरुलाई सम्बन्धित प्रदेशमा सम्पर्क गरि पठाईएको हो।

कुवेतबाट त्रिभुवन अन्त्ररास्ट्रिय विमानस्थलमा ओर्लीएपछि नेपालि सेनाको गाडीमा राखेर कर्णाली प्रदेशको लागि बनाईएको होल्डिङ सेन्टरमा उनीहरुलाई लागिएको थियो।

lekbesi

विभिन्न मुलुकबाट स्वदेश भित्रने कर्णाली प्रदेशका नागरिकको लागि ललितपुरको मण्डला पार्टी प्यालेसमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

जसको जिम्मेवारी वन तथा वातावरण मन्त्रि शक्ति बस्नेतलाई सरकारले दिएको छ भने सुदुरपश्चिमको खाने पानि मन्त्रि बिना मगरले जिम्मेवारी पाएकि छिन।

उनीहरुलाई होल्डिङ सेन्टरमा आवश्यक प्रक्रिया पुरा गरि गाडीको व्यवस्थापन गरि आज सम्बन्धित प्रदेशमा पठाईएको हो।

कोरोना भाईरस कोभिड १९ र लकडाउनका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालि नागरिकलाई सरकारले उद्दार सुरु गरेको छ।