गुर्भाकोट ९ का कृषकलाई हाते ट्याक्टर वितरण ,

जेठ ३० ,सुर्खेत – गुर्भाकोट नगरपालिका ९ भालुखोलाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ ।

बुधबार सात ७ जना कृषकलाई प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तर्गत हाते ट्याक्टर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष नोकेन्द्र खत्रीले बताए ।

कृषकलाई ५० प्रतिशत सहुलियतमा वडा अध्यक्ष शसि भटट्राईले ट्याक्टर हस्तान्तरण गरेका हुन ।

lekbesi

स्थानीय दिनेश वलीे, हेमराज ओली, बेगबहादुर डाँगी, नोखबनहादुर खत्री, जग ओली, दिपेन्द्र खड्का, बसन्त रोकालाई सहुलियतमा ट्याक्टर हस्तान्तरण गरिएको ।

कृषकले अपनाउदै आईरहेको परम्परागत कृषिलाई प्रविधिमार्फत आधुनिकीकारण र बैज्ञानिक कृषिमा रुपान्तरण गर्न सरकारले किसानको लागि विभिन्न कार्यक्रम संचालनमा ल्याएको छ।