तीन लाख पचिस हजारको मालसामान सशस्त्र प्रहरीको नियन्त्रणमा,

३० जेठ,नवलपरासी पश्चिम – लकडाउनको मौका छोपी नवलपरासी पश्चिम जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाँउपालिकाकाे बन्कटी र बलिनगर नाकाबमा तस्करहरु सक्रिय देखिने गरेका छन्।

प्रतापपुर गाँउपालिकाको बैदोली ,धरमौली लगायत नाकाहरूबाट लकडाउन हुनु देखि सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट ( बिओपि) प्रतापपुर गाउँपालिका -६ गुठी प्रसाैनीले नेपाल- भारत भित्र्याउनको लागि मल ,केरा बालिमा छर्ने बिषादी औषधि ,रक्सी ,लत्ताकपडा लगायत करिब तीन लाख पचिस हजार बराबरको मालसामान दशगजाको छेउबाट नियन्त्रणमा लिइ भन्सार पठाएको छ ।

सिमामा तस्करहरूले तस्करी गराउनको लागि बालबालिका,महिला समेत प्रयोग गरिरहेका छन् । सिमामा सशस्त्र प्रहरीलाई देखेपछि तस्कर मालसामान फालेर फरार भएका थिए ।

lekbesi

सकृय बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले उक्त मालसामान नियन्त्रणमा लिन सफल भएका हुन ।

नियन्त्रणमा लिइएकाे मालसामान स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा राखी भन्सार कार्यालय महेशपुर पठाईएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम,