नवलपरासीको बर्दघाटकी एक महिलामा पनि देखियो कोरोना, जिल्लामा संक्रमित संख्या ४६ पुग्यो ,

जेठ ३० ,नवलपरासी पश्चिम – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान बर्दघाट १ की ३५ वर्षकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिए ।

बिहीबार साँझ प्रतापपुर गाउँपालिका वडा नं ३ मा एक ३४ बर्षिय पुरुषमा संक्रमित भेटिएको ढकालले जानकारी दिएका छन् ।

lekbesi

अहिले जिल्लामा संक्रमितको संख्या ४६ पुगेको छ । बिहिवार नै सुनवल नगरपालिकामा एक्लै पटक ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियोे ।

रबिन्द्र यादव नवलपरासी पश्चिम,