शनिबारपनि बैंक खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन,

जेठ ३० ,काठमान्डौ – शनिबारपनि बैंक खुल्ला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सामार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो ।

राजश्व बुझ्ने प्रयोजनका लागि बैंकका शाखाहरु खुला राख्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले निर्देशन दिएको जानकारी दिए ।

lekbesi

उनका अनुसार बैंक मात्र नभई क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछन् ।

सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो।

कोरोनाका कारण सरकारको राजश्व उठाउन नसकेको र सवसाधारणको लागि शनिबारपनि बैंक खुल्ला राखिने रास्ट्र बैंकले जनाएको हो।