संसदमा आज संविधान संशोधन विधेयक पारित हुँदै,

जेठ ३१ ,काठमान्डौ – भारतले अतिक्रमण गरेको नेपाली भुमि कालापानी ,लिपुलेख ,लिम्पियाधुरा सहितको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको विधेयक प्रतिनिधिसभाबाट पारित हुँदैछ ।

प्रतिनिधिसभाको शनिबार १ बजे बस्ने बैठकमा सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित हुन लागेको हो ।

सरकारले संविधान संशोधन विधेयक ल्याएको छ विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।

lekbesi

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सुरुमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची छ ।

दफावार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

संसदमा विधेयक सर्वसम्मत कि बहुमतले पारित हुने भन्ने छ जसमा समाजवादी पार्टी र सरिता गीतिमा भर पर्ने छ ।

,सरिता गिरि समाजवादी पार्टीको सांसद हुन् उनले यो विषयको विपक्षिमा रिट दाएर गरेकी छिन समाजवादी पार्टीले भने सरकारलाई साथ् दिएको छ।