सरिता गिरीको संशोधन सभामुखद्वारा अस्वीकृत ,

जेठ ३१ ,काठमान्डौ – संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुख अग्नि प्रसाद देवकोटाले अस्वीकृत गरेका छन् ।

आज शनिबार बसेको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् ।

लगतै सभामुख अग्नि प्रसाद सापकोटाले आफुले सरितालाई बोल्ने समय नदिएको र बस्न आग्रह गरे।

lekbesi

साथै सापकोटाले गिरीको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेकेा उनले बताए ।

नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ ।

यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् । समाजवादी पार्टीले गिरीलाई उक्त संसोधन फिर्ता लिन गर्दापनि उनले सोचेर संसदमा जवाफ दिने बताएकि थिइन् तर सभामुखले अस्वीकृत गरिदीएका छन्।