राजतन्त्रले गुमायो गणतन्त्रले फिर्ता ल्यायो ,

जेठ ३१ ,काठमान्डौ – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् ।

प्रतिनिधसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधिनताको विषय भएको बताए ।

लिम्पियाधुरा ,कालापानी ,लिपुलेखसहितको नेपालले जारी गरेको नँया नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा दाहालले उक्त कुरा बताएका हुन् ।

lekbesi

तेस्तै दाहालले भनेका छन् यो रास्ट्रिय मुद्दा भएको कारण सबै दल मिलेरा जानुपर्ने र कसैले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्नपनि आग्रह गरेका छन्।

विगतमा पनि यो मुद्दा पटक पटक उठाईएको तर भारतले नसुनेको जस्तो गरेपछि आज सबै नेपालि जनता दलले सर्वसम्मतिले पारित हुनेमा आफू विश्वस्त रहेको प्रचण्डले बताए ।