नेपालीको लागि आज ऐतिहासिक दिन, नयाँ नक्सा सर्वसम्मत पारित ,

जेठ ३१ ,काठमान्डौ – लिम्पियाधुरा ,कालापानी ,लिपुलेख क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभा बैठकबाट नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ ।

आज यो दिन नेपालीको लागि ऐतिहासिक निर्णय बनेको छ। बैठकमा उपस्तिथित भएका २५८ सांसद सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् ।

लगतै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका हुन् ।

lekbesi

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ९ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।