थप २७३ जनामा कोरोना संक्रमण पुष्टि संगै संक्रमित संख्या ५ हजार ३३५ पुग्यो ,

जेठ ३१ ,काठमान्डौ – नेपालमा आज थप २ सय ७३ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ। ति मध्ये २४७ जना पुरुष र २६ जना महिला छन्।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज सम्म संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।

आज संक्रमित हुनेमा झापाका ५ जना, रौटहटका ४४ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपन्देहीका ५ जना, रौटहटका ४८ जना र सर्लाहीका १० जना रहेका छन् ।

lekbesi

पछिल्लो चरणमा ३६ जना डिस्चार्ज भएर घर फर्केका छन् यो संगै हाल सम्म ९ सय १३ जनाले कोरोनालाई जितेर घर फर्केका छन्।

यसैबीच कोरोनाबाट थप दुई जनाको ,मृतु,भएपछि मृतकको संख्या १८ पुगेको छ। बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो उनीमाथि कोरोना फेला परेको थियो ।

तेस्तै पर्सामा जेठ २८ गते वेवारिसे अवस्थामा फेलापरेको शवको स्वाब संकलन गरि परिक्षन गर्दा कोरोना पुस्टि भएपछि यो संख्या पुगेको हो।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ९० हजार ५८२ नमुना परीक्षण भएका गरिएको छ भने पीसीआर विधिबाट हालसम्म १ लाख २७ हजार २ सय ८८ परीक्षणहरु गरिएका छन् ।