रुकुम घटनामा अध्यक्ष डम्बरमल्ले दिएको बयान डरलाग्दो ढुंगा र आँसीले हानेर मारेको हु ,

जेठ ३२ ,काठमान्डौ – रुकुम पश्चिम सोती ८ घटनाका दोषीले आफुहरुले नवराज बिक सहित ६ जनालाई कुटी कुटी मारेको स्वीकार गरेका छन्।

उनीहरुले प्रहरीको सामु बयान दिदा कुटेर ढुंगा हँसिया ,लाठ्ठी प्रयोग गरेर मारेर भेरी नदीमा फालेको बताएका छन्।

अध्यक्ष डम्बर बहादुर मल्लले अन्य भागिरहेका र भेरिनादिमा बगेकाहरुलाई पनि ढुंगाले हानेको बताए।

lekbesi

आफुहरुले योजनाबद्दा सहित घटना घटाएको पनि उनीहरुले बताए। जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर ह,त्या ,गरेको अनुसन्धानबाट भेटिएको छ ।

गत जेठ १० गते पश्चिम रुकुम चौरजाहारी सोती वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए ।

जातिय कसुर देखाई नवराज विक ,भेरी नगरपालिका–११ का गोविन्द शाही, चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकलाई पनि हत्या गरि भेरिनादिमा फालीएको थियो।

चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।

प्रहरी प्रतिवेदनका प्रतिवादीहरू

डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, नाम पविर्तन गरेर युवती, युवतीका बुबा, आमा, दाइ, एक जना नाबालकको पनि नाम परिवर्तित, इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल

फरार प्रतिवादी

तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा,

सबै प्रतिवादीमाथि ६ जनाको ह,त्या, गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत ऐनअनुसार पनि कारबाही गर्न माग गरिएको छ ।

पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच जनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा अभियोग दर्ता भएको हो ।

त्यस्तै प,क्राउ, परेका जाजरकोटका एक जनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ ।

प,क्राउ परेका र फरार रहेका समेत गरी ३४ जनामध्ये ३३ जनालाई तीन र एक जनालाई तीन वटै कसुरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराधसंहिताको दफा ३६ को कसूरमा दफा ३३ ९ख० बमोजिम सजायको माग दावी गरिएको छ ।

घटना भएको २३ दिनपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो ।

आज अभियोग दर्ता भएपछि अब सोमबारदेखि बयान शुरु हुने स्रेस्तेदार बोहराले बताउनुभयो । प,क्राउ, परेकामध्ये दुई बालबालिका छन् ।

उनीहरुको बयान सोमबारदेखि शुरु हुने र बाँकीको बयान मंगलबारदेखि शुरु हुने स्रेस्तेदार बोहराको भनाइ छ ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानका क्रममा ९ जनालाई प्रहरीले प,क्राउ गरेको हो ।

फरार पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

आजिबन जन्मकैदको माग ,

रुकुम घटनाका दोषीलाई जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ।

अभियुक्तहरूलाई आजिबन जन्म कै,दको माग गरेको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए।

यस्तो क्रुरतापूर्वक ह,त्या, गर्ने घटनाका दोषीलाई कारबाही कस्तो हुन्छ नियममा ,

३३ जना विरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार जन्मकैद, दफा ४१ (क) (ग) बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ को दफा ३ (१) र दफा ४, ५ को कसूरमा दफा ७ (१) क बमोजिम कैद सजायको हुन्छ ।

घटनामा बचेका युवाको बयान ,