५.५ म्याग्निच्युडको भूकम्पको धक्का,
जेठ ३२ ,काठमान्डौ – भारतको गुजरातमा ५ .५ म्याग्निच्युडको भूकम्प गएको छ ।
आइतबार गुजरातको कछ जिल्लास्थित भुज नजिकै केन्द्रविन्दु बनेर भुकम्प गएको हो।
राष्ट्रिय भूकम्प विज्ञानका अनुसार राजकोटबाट ११८ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा साँझ ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।
भुकम्पको धक्का पछि स्थानीय बाहिर हो हल्ला गर्दै निक्लेका थिए। मानवीयक्षति वा कुनै भौतिक संरचनामा क्षति भएको छ कि छैन भन्ने थप जानकारी आउन बाँकी छ।
भारतीय मिडियाका अनुसार भूकम्पले केन्द्रबिन्दु नजिक स्थानिय तितरबितर पारेको छ।