नवलपरासी पश्चिममा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद,

असार १ ,नवलपरासी पश्चिम – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा भारत हुँदै महेशपुर नाकाबाट भन्सार छलि गर्दै नेपाल ल्याउँदै गरेको २ लाख माथिको कपडा तथा हार्डवायर सामान बरामद गरिएको छ ।

सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ५० हजार ८ सय मुल्य बराबरको लेडिज कुर्ता सुरुवाल सरावल गाउँपालिका ७ बुलन्दपुरबाट बरामद गरेको बताएको छ ।

यस्तै पाल्हिनन्दन गाउँपालिका २ गोपालपुरबाट पनि १ लाख ३३ हजार २ सय ८४ मुल्य बराबरको हार्डवायर सामान बरामद गरेको छ ।

lekbesi

उक्त बरामद सामान आवश्यक कारबाहीका लागी महेशपुर भन्सार कार्यालय पठाइएको नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

रविन्द्र यादव
नवलपरासी पश्चिम ,