नवराजकि प्रेमिकाको बयान बुवा र दाईले मिलेर कुटेर मारेछन मलाई भोलि मात्र थाहा भो ,

असार १ ,काठमान्डौ – रुकुम पश्चिम सोती ८ घटनामा नवराजकि प्रेमिका सुस्मा मल्लले प्रहरीसामु दिएको बयानमा बुवा र दाईले कुटी कुटी मारेको बयान दिएकि छिन्।

उनले जेठ २७ गते प्रहरीलाई दिएको बयानमा नवराजको मृतु भएको भोलिपल्ट फेसबुकमा हेरेर र अरुले भनेपछि मात्र जानकारी पाएको बताईन।

जेठ १० गते नवराज सहित अन्यलाई मार्ने मेरो बुवा ,आमा र दाईले बनाएछन् मलाई केहि पनि थाहा भएन सोहि दिन साँझा डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, उनले बयानमा भनेकी छिन।

lekbesi

सुस्माले अगाडी भनिन मेरा बुवा, दाइसमेतले नवराज र अन्यलाई लखेट्दै घेरा हाल्दै घटनास्थल पुर्‍याई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ।

२०७५ सालदेखि नबराजसंग फेसबुकमा चिनजान भएको र भेटघाट हुने उनले बताईन नबराजले आफुलाई बिहे गरौ भनेपनि आफ्नो उमेर सानै भएको र अहिले गर्न नहुने बयान प्रहरी सामु दिएको बताईन।

घटना हुनु भन्दा २भन्दा दुई चार दिनपहिले पनि नवराज रुकुम आएको उनले बताईन। मिति भने थाहा भएन केहि दिन अगाडी पनि नवराज मेरो घरमा आएको थियो।

,मलाई लाग्छ २०७७ साल वैशाख १७ गते राति ८-९ बजे नवराजले अन्य २ जना साथीलाई ल्याई मेरो घरनजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाएर वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरू भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाइ छोडेका थिए।

त्यसपछि उनले नवराजलाई फेसबुकमा ब्लक गरेको र भाइको मोबाइलबाट म्यासेजमार्फत कुराकानी हुने गरेको बताएकी छन्।घटनाको दिन नवराजले केटाहरु ल्याएर आउंदै छ भन्ने आफुलाई जानकारी नभएको उनले बताइन।

मलाई थाहा थिएन, मेरो बहिनी नाता पर्नेसँग नवराजले लकडाउन खुलेपछि मलाई लिन केटाहरू लिएर आउँछु भनेको रहेछ,’ बयानमा भनेकी छन्, ‘यो कुरा बहिनीले मेरी आमालाई भनेकी रहेछ। आमाले मलाई जेठ २ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएँ।’

जेठ १० गते टिभी हेरिरहेका बेला घरनजिक नवराजसहित अरू केटाहरू आएको आमामार्फत् नै थाहा पाएको उनको बयानमा उल्लेख छ।

‘आमाले गाली गरेर पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरू जम्मा भएका थिए,’ उनले भनेकी छन्, ‘तर मैले केटाहरूलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिन दिउँसो के कसो भयो मलाई थाहा छैन।’

नवराजसहित जाँदै गरेका युवा कसरी बचेका युवाको बयान यस्तो छ ,

उनलाई र उनकी आमालाई ६ जनाको हत्या गर्नेहरूको मतियार भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको छ। आइतबार दायर गरेको अभियोगपत्रमा उनका बाबु र दाजु, वडाध्यक्ष सहित ३२ जनाले ६ जना युवालाई कुटीकुटी क्रुरतापूर्वक मारेको उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अनुसन्धानका आधारमा तयार पारिएको यो अभियोग पत्रसँग मेल खाने प्रतिवेदन गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेत नेतृत्वको छानविन टोलीले सरकारलाई बुझाएको छ।

आइतबार वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ ।

र, सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको छ ।

क्रुरतापूर्वक हत्या गरेकोमा कानुनअनुसार बाँचुन्जेल कैद सजाय हुनु पर्ने माग सरकारी विकल कार्यालयले गरेको छ। जातीय छुवाछुतमा पाँच वर्षसम्म कैद र क्षतिपूर्ति अनि ज्यान मार्ने उद्योगमा १० वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ।