रुकुम घटना किशोरीकि आमा भन्छिन घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं अनि मारेका हुन् ,

असार १ ,काठमान्डौ – रुकुम पश्चिम चौरहजारी सोती घटनामा नवराजलाई मार्न सुस्माको परिवार बुवा आमा र दाईले पहिलेनै बनाईरहेको बयानमा सुस्माकि आमाले प्रहरीसामु दिएकि छिन।

बेइज्जत हुनुभन्दा मारी दिए विवाह हुन नपाउने भएकोले घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं उनले भनिन।

नवराज युवतीको घरमा पुग्ने वित्तिकै आमाले डुम भनेर नवराजहरुलाई गाली गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । ‘घटनाको दिनपनि नवराज मेरो घरमा आएको थियो मैले जातीय विभेद हुने डुमसमेत भनी गाली आज त मर्चः पनि भनको थिए।

lekbesi

‘मेरी भतिजीसँग नवराजले छोरीलाई घरबाटै थुतेर लैजान केटाहरू लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई, उनले बयानमा भनेकी छन्, ‘जेठ १० गते भतिजीलाई मैले एउटा मोबाइल नम्बरबाट फोन गरी बुझ्दा नवराजले छोरी लैजान केटाहरू ल्याएर आउँदैछ भन्ने थाहा पाएँ।

ऊ दलित भएकोले छोरीलाई विवाह गरी लिए पछि बेइज्जत हुने भएकाले बेइज्जत हुनुभन्दा मारी दिए विवाह हुन नपाउने भएकोले घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं।’

उनले दिएको बयान अनुसार, गालीगलौज गरी कराउँदै श्रीमानलाई फोन गरेर उनले खबर गरिन्। नवराज र उनका साथीहरु भागेर गए।

तेस्पछि हाम्रो योजना अनुसार मेरो श्रीमानले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खबर गरेपछि वडाध्यक्षले पूर्वसल्लाह र योजनाबमोजिम गाउँमा खबर गरे’ उनले बयानमा भनेकी छिन।’

मैले नवराजसमेतका केटाहरूलाई तलसम्म निगरानी गरेकी थिएँ। केही समयपछि मेरो श्रीमान, छोरा, मोहन पुनसमेत घरबाट सँगै केटाहरूलाई पिछा गर्दै गएका थिए।

नवराजको शव जलाउदा घर परिवार बेहोस ,

उनको बयान अनुसार, योजनामुताविक वडाध्यक्षले पनि अरू मानिसहरूलाई फोन गरेर बोलाए, गाउँका मानिसहरू हातमा लाठी, ढुंगा, हँसिया लिएर आए र घर तलको सडकतर्फ केटाहरूलाई नियन्त्रणमा लिई मार्नको लागी चारैतिरबाट घेरा हाले।

‘त्यस पछि म घर फर्किएँ, अन्य के भयो मैले देखिनँ। केटाहरूलाई लखेट्दै भेरी नदी पुर्‍याइ कुटपिटसमेत गरी ६ जनालाई मारी भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाइते बनाएको पछि थाहा पाएकी हुँ,’ उनको बयानमा उल्लेख छ।

किशोरीका बुवाको बयान यस्तो छ ,

उनले केटाहरू घरमा आएपछि श्रीमतिले आफूलाई, आफूले वडाध्यक्षलाई फोन गरेर खबर गरेको बताएका छन्। उनले वडाध्यक्षलाई उद्धृत गर्दै भने – जति सम्झाउँदा पनि नटेरेकाले तह लगाउनुपर्छ म गाउँलेलाई बोलाउँछु।

उनको बयानमा आफूसहित गाउँलेहरू जम्मा भएर नवराजहरूलाई ढुङ्गा, लाठी हान्दै लखेटेको र केटाहरू बाध्य भई भेरी नदीको बगरतिर दौड्दै हाम फालेको उल्लेख छ।

‘गाउँलेहरूले मृतकसमेतका केटाहरूलाई पछाडिबाट लाठी ढुङ्गा हान्दै लखेटेका र भेरी नदी पुर्‍याई मारेका थिए ।उनको बयानमा उल्लेख छ।

‘म समेत पछिपछि गएको थिएँ, गाउँलेहरूले नदीको बीच भंगालोमा समेत कुटपिट गरिरहेका थिए, पछि सो स्थानबाट नदीमा हाम फाल्न नसकेका ५ जनालाई नियन्त्रणमा लिएर कुटदै आइरहेका थिए।

नदीवारि रहेका ७ जना केटाहरूलाई नियन्त्रणमा लिएको र नदी तरी गएकालाई समेत अन्य गाउँलेले कुटपिट गरेको आफूले देखेको उनले बताएका छन्।

वडाध्यक्ष मल्लले ९८४८९६९७३३ नम्बरको मोबाइलबाट मानबहादुर मल्ललाई ९८६६८६८९६८ र नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरेर पनि घटनास्थलबारे गलत सूचना दिएर प्रहरीलाई गुमराहमा राखेको उल्लेख गरिएको छ ।

रुकुम पश्चिममा जातीय विभेदकै कारण नवराज विकसहित ६ जनाको क्रुर एवं अमानवीय तवरले हत्या भएको प्रहरी अनुसन्धानको निश्कर्ष छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको अभियोग पत्रमा घटनाको मुख्य कारण जातीय विभेद मानिएको छ भने योजनाकार परिवारका सदस्यलाई मानिएको छ ।