रुकुम घटनामा मारीएका गणेश बुढाकी आमालाई प्रहरीले हानेर बेहोस अवस्थामा ,

असार १ ,काठमान्डौ – रुकुम पश्चिम चौहरजारी ८ सोती घटनामा मारीएका ६ जनाको रिपोर्ट जिल्ला अस्पताल जाजरकोटले गलत निकालेपछि आज अस्पतालमा प्रदर्शन गरिएको छ।

नवराज सहित ६ जनाको पोस्टमापन रिपोर्ट अस्पतालले  भेरी नदीमा डुबेर मरेको र घाउचोट नदिमा बग्दा घिस्रेर भन्ने रिपोर्ट तयार पारेको जानकारी पछि जाजरकोटका जनताले प्रदर्शन गरेका हुन्।

प्रदर्शनलाई रोक्न प्रहरीले हवाई फायार समेत गरेको थियो भने लाठ्ठी चार्ज गरेको छ।

lekbesi

प्रहरीको लाठ्ठीबाट गत जेठ १० गते रुकुममा मारीएका गणेश बुढाकि आमालाई गम्भीर चोट लागेर अस्पताल भर्ना गरिएको छ उनि अहिलेपनि अचेत अवस्थामा छिन।

तेस्तै गणेश बुढाको बुवालाई पनि प्रहरीले हानेर टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य थुप्रै घाईते भएका छन्। अस्पतालले रिपोर्ट नसच्याए कडा आन्दोलन गरिनेपनि बताईएको छ भोलि पनि अस्पतालमा प्रदर्शन जारी छ ।

घटनाका दोषीलाई प्रहरीले अझैपनि हिरासतमा राख्नु गलत भएको बताईएको छ उनीहरुले तत्काल कारबाही गर्न समेत माग गर्दै आन्दोलन गरेका हुन्।

पश्चिम रुकुम सोती ८ मा जाजरकोटका ६ जना युवाको ह,त्या योजनाकारमा चौरजहारी नगरपालिका ८ का जनप्रतिनिधि डम्बरमल्लको योजनामा भएको आज गृह मन्त्रालयले प्रतिवेदन निकालेको छ ।