आज देशभर वर्षा राजधानीमा हिजो देखि परेको पानि अझै रोकीएन ,

असार २ ,काठमान्डौ – आज देशभर वर्षा हुने मौसमविदले बताएका छन्। अहिले देशका विभिन्न जिल्ला ,प्रदेशका भू भागमा वर्षा भईरहेको छ।

नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका धेरै स्थानमा मेघ गर्जनसहित र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी प्रदेश वाग्मती प्रदेश ,प्रदेश १ ,२ र प्रदेश ५ का स्थानहरुमा वर्षा हुने छ।

lekbesi

जसका कारण पानीको वहाव बढ्ने , पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

राजधानीमा अहिजो देखि परेको वर्षा अहिले सम्म जारि छ। हिजो बिहानदेखि परेको वर्षा हिजो दिन भर रात भर बाट अहिले सम्म परिरहेको छ।

आजपनि प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।

आफू बसेको स्थानका जोखिमहरु विषेशतः बाढि र पहिरो पहिचान गरि सो स्थान सुरक्षित नभए खराब मौसमका कारण हुने क्षति कम गर्न आफू बस्ने सुरक्षित स्थानको बेलैमा पहिचान गर्नपनि शाखाले जनाएको छ।