कर्णालीमा थप ९ जनामा कोरोना संक्रमणको पुस्टि ,

असार २ कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका लक्ष्मीनारायण तिवारीले थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख दुल्लु नगपालिका ३, ५, ७ र ११ का ५ जना पुरुषहरु र सुर्खेतको भेरीगंगा नगपालिका ११, गुर्भाकोट नगपालिका ११ र १२ का एक महिला र ३ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

lekbesi

संक्रमित १८ वर्ष देखि ६७ वर्ष सम्मका रहेका छन् यो संगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरि १०८६ जनामा कोरोना पुस्टि भएको छ।

हाल सम्म कर्णालीमा डिस्चार्ज हुनेको संख्या ३४२ छ भने ३ जनाको हाल सम्म कोरोनाबाट निधन भईसकेको छ।