क्वारेईनटाईनमा बसेकाले गरे विहे तर केहि दिन छुट्टै बस्ने ,

असार २ ,दाङ – दाङमा एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन् उनीहरुलाई वडा अध्यक्षले विवाह गराईदिएका हुन् ।

घोराही उपमहानगरपालिका १८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका युवायुवतीले विवाह गरेको वडा अध्यक्ष भरत अर्यालले बताए ।

घोराही उपमहानगरपालिका १८ का समीर वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की सीता चौधरीबीच क्वारेन्टाइनमै विवाह भएको हो ।

lekbesi

जेठको पहिलो साता भारतबाट आएका उनीहरु अलग अलग क्वारेन्टाइनमा बसेका थिए २४ दिनपछि उनीहरुको असार १ गते पिसिआर रिपोर्ट नेगेटिभ आएपछि विवाह गरेका हुन्।

उनीहरु बीच प्रेम सम्बन्ध रहेछ दुवाले मलाई हामि बिगे गर्न चाहन्छौ भनेपछि मैले विवाह गरिदीएको हु वडा अध्यक्ष अर्यालले भने।

उनीहरुको घर परिवारसंग सल्हागारी बरपीपल साक्षी राखेर विवाह गराइ दिएकोउनले बताए।

पीसीआर परीक्षण रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि आफूहरुको धर्मसंस्कारमा ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते नै सामान्य ढंगले विवाह गराएको अर्यालले बताए ।

उक्त क्वारेन्टाइनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आएपनि ती नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

रिपोर्ट नेगटिभ आएकाले घरमा अलग्गै एक सातासम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको वडा अध्यक्ष अर्यालले बताए ।