थप ३८० जनामा कोरोना संक्रमणको पुस्टि ५०३ रेड जोनमा ,

असार २ ,काठमान्डौ – नेपालमा वितेको २४ घण्टामा ३८० जनामा अकोरोना संक्रमणको पुस्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिए संगै हाल सम्म संक्रमितको संख्या ६,५९१ पुगेको हो ।

देशका विभिन्न भागमा आज थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् ।

lekbesi

तेस्पछि दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ । तेसैगरी अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३,३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका १ -१ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल सम्म नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १९ पुगेको छ। सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ ३८ र आरडीडीटीबाट २ लाख २३ हजार ५१९ जनको परीक्षण गरेको जनाएको छ ।

सरकारले दैनिक ५ हजार ५५ जनाको पिसिआर परिक्षन गरेको बताएको छ भने ४ हजार १ सय ८३ आरडीडीटीबाट परिक्षन गरेको बताएको छ।

अहिले सम्म क्वारेईनटाईनमा बसेको संख्या १ लाख ३३ हजार ९ छ भने आईसोलेसन्मा ५ हजार ५ सय ३१ रहेको जनाको उपचार भईरहेको छ ।

गत २४ घण्टामा विभीन स्वास्थ्यक्षेत्रबाट ११७ जना डिस्चार्ज भएका छन् ति मध्ये ८ जना महिला छन् भने १०९ जना पुरुष रहेका छन् ।

तेस्तै हाल सम्म टोटल ५०३ जना रेडजोनमा परेको मन्त्रालयले जनाएको छ। आज मात्र ४ जना रेड जोनमा परेका छन्। हाल सम्म ७३ जिल्लामा कोरोना फैलीएको छ जसको हालको संख्यामा ४ सय ९९ सय महिला रहेका छन् भने ६ हजार ९२ पुरुष रहेका छन्।