ताप्लेजुङमा पहिरोले विद्यालय बगायो,

असार ३ ,ताप्लेजुङ- ताप्लेजुङमा मंगलबार रातिको आएको वर्षा र पहिरोले विद्यालय बगाएको छ। फक्ताङ्लुङ ताप्लेजुङको गाउँपालिका,४ इखाबुस्थित रानी आधारभुत विद्यालय भवन बगाएको छ ।

४ कोठे भवनसहित, २ कोठे पक्की शौचालय, ५० जोेर फर्निचर, विद्यालयको खाजाघर, १ सय जोर थालबटुको र भाँडाकुडा समेत बगाएको प्रधानाध्यापक प्रेम खतिवडाले जानकारी दिए ।

त्यस्तै, पहिराले स्थानीय फुलबहादुर तामाङको सुँगुर, बाख्राको खोर र भक्त लाबुङको किचन र सुँगुरको खोरसमेत बगाएको खतिवडाले बताएका हुन् ।

lekbesi

पहिरोले गाँउले लगाएको मकै खेतिमा पनि ठुलो क्षति पुगेको खतिवाडाले बताए।

पानि पर्न साथ् पहिरोको जोखिम बढेपछि स्थानीय गाँउलेलाई सुरक्षित गर्नेबारे गाउँपालिकाले योजना बनाइरहेको अध्यक्ष सरोज एभेङले बताए ।

पहिरो गएको क्षेत्रमा वर्षेनी जस्तो पहिरि जाने गरेको पनि उनले बताए।