प्रधानसेनापति र सशस्त्रका आईजीपी कालापानीमा ,

असार ३ ,काठमान्डौ – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुला पुगेका छन् ।

कालापानीदेखि करिब १० किलोमिटर वर सेनाले स्थापना गरेको अस्थायी क्याम्प सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन् ।

लिम्पियाधुरा,लिपुलेक,कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरी उद्घाटन गरेपछि नेपालमा यसको विरोध भईरहेको छ।

lekbesi

नेपालको भुमि भारतले मिचेको भन्दै नेपाललेले लिम्पियाधुराहितको नक्सा जारि गरेर निशान छापसहित संविधान संसोधन गरि संसदबाट सर्वसम्मत पास गरिसकेको छ।

यतिबेला नेपालि सेनाले सिमामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् ।

बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ प्रहरी खटाइएको छ ।